उत्पीडित मजदुरको संकट शीघ्र सम्बोधन गर्न सरकारलाई ५ बुँदे ध्यानाकर्षण: ६ ट्रेड युनियन महासंघले निकाल्यो यस्तो संयुक्त विज्ञप्ति

काठमाडौं, भदौ १४ । नेपाली श्रमिकहरूको हक अधिकार र व्यवस्थाको पक्षमा क्रियाशिल विभिन्न ६ ट्रेड युनियन महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

आइतबार जारी गरिएको विज्ञप्तिमा राज्यले उत्पीडित मजदुरहरूको संकटलाई सम्बोधन गर्न आवश्यक पहल नगरेको भन्दै राज्यलाई जिम्मेवार भएर मजदुर वर्गको संकटलाई अविलम्ब सम्बोधन गर्न माग गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, “यतिबेला कोभिड-१९ को विश्वव्यापी संक्रमण र त्रासदीसँगै सुरु भएको लकडाउन र निषेधाज्ञाको शृङ्खलाले नेपाली श्रमिक वर्गले अपुर्व संकटको सामना गर्नु परेको छ । नेपालको श्रम क्षेत्रमा काम गर्ने १ तिहाई मजदुरको रोजगारी कटौती र अधिकांश मजदुरको तलब सुविधामा भीषण कटौती गरिएको छ ।

यो सँगै पुँजिपति वर्ग र सत्ता पक्षीय मुख्यतः नेकपा(नेकपा) र नेका निकट ट्रेड युनियन महासंघको मिलेमतोमा मजदुर विरोधी विभिन्न सम्झौताहरु हुँदै आएका छन । अर्कोतिर वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक हरुको पूर्ण रोजगारी गुमको मात्रै छैन अलपत्र हजारौं श्रमिकको जीवन कठिन संकट बाट गुज्रिएको छ । यो सँगै उनीहरुलाई सुरक्षित स्वदेश ल्याउने परिस्थिति निर्माण गर्ने सहितका व्यवस्थापनमा सरकार पछि हटेको छ ।”

मुख्यतः ५ बुँदामा जारी गरिएको विज्ञप्तिले मजदुरहरूलाई तत्काल नगद राहत र बेरोजगारी भत्ताको माग, वैदेशिक रोजगारीमा अलपत्र नेपाली मजदुरको अविलम्ब निशुल्क उदार र व्यवस्थापन सहित नयाँ रोजगारी र अवसरको सृष्टि गर्दै मुख्यतः कृषि क्षेत्रलाई जोड दिई केहि दीर्घकालीन योजना तयार गर्न राज्यसँग माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्