सरकारले घटायो पीसीआर परीक्षणको शुल्क
स्वास्थ्य मन्त्रालयले पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा लाग्ने शुल्क घटाएको छ।मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको हो ।आइतबार मन्त्रालयमा बसेको नियमित बैठकले सेवा शुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकेको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए ।मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयको निर्णयमा भनिएको छ, ‘सःशुल्क रुपमा कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुले कोभिड–१९ को पीसीआर परीक्षण वापत सेवा शुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने।’यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो । सरकारले लक्षण देखिएका व्यक्ति वाहेक अरुको कोरोना परीक्षणमा शुल्क लाग्ने व्यवस्था गरेको छ ।
यस्तै सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ । सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्