सोलुदुधकुण्ड युथ क्लबको नेतृत्वमा तामाङ

काठमाडौं, १४ भदौ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाभित्र समाजसेवा र विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको सोलु दुधकुण्ड यूथ क्लबमा क्षितिज तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीस्थित आफ्नै कार्यालयमा सम्पन्न अधिवेशनबाट तामाङको अध्यक्षतामा क्लबले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा सुरेश सोनाम ९बारिस सोनाम०, सचिबमा मदनश्रेष्ठ र सहसचिबमा श्यामध्वज राई र कोषाध्यक्षमा विनोद परियार चयन गरिएको क्लबका निवर्तमान अध्यक्ष तेजराम परियारले जानकारी दिए । कार्य समितिमा तीन सदस्य भने पछि मनोनीत गरिने क्लबले जनाएको छ ।

नयाँ नेतृत्वलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ सोलुखुम्बुले बधाई ज्ञापन गरेको छ । संघका जिल्ला अध्यक्ष निरकुमार शर्माले सामाजिक सन्जालमार्फत अध्यक्षमा तामाङसहितको निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । उनले नयाँ नेतृत्वले क्लबलाई जिल्लाकै अग्रणी बनाउन उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच क्लब र सोलु हेल्थ केयर सेन्टरको सहकार्यमा थाइराइड सम्बन्धी रोगको उपचार सुरु गरिने भएको छ । हेल्थ केयर सेण्टरको कार्यालयबाट प्रदान गरिने सेवाको सोलुदुधकुन्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले आइतबार उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्