रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ बाँडफाँड

काठमाडौं , भदौ १४ । लायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)बाँडफाँड भएको छ ।

इन्स्योरेन्सले भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरेको रु। १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको हो ।

कम्पनीको प्रारम्भिक शेयर निष्काशनमा ५,८९,४६४ आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो । सो मध्ये १९५५ आवेदकहरुको ७१,५९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् ।

सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई आजको मितिमा १० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीमा, सो पश्चात् निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३ शेयरधनी कायम भएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाउका हुन् ।

प्रतिक्रिया दिनुहोस्