सरकार उदासीन: चार किसान संगठनहरु
काठमाडौं, १४ भदनै । चार किसान संगठनहरु, अखिल नेपाल किसान महासंघ (अप्पो), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको संयुक्त भच्र्यूअल बैठकले कोरोना महामारीबाट देश र जनतालाई जोगाउन सरकारले युद्ध स्तरमा रोकथाम र नियन्त्रण गर्न सबै उपाहरुको अबलम्बन गर्नु पर्नेमा सरकार उदासीनता भएको कुरा औल्याएका छन् ।
सरकारले कोराना रोकथाम था नियन्त्रणमा लापरबाही र उपेक्षापूर्ण गतिबिधिले गर्दा करीब चार महिनाको पहिलो लकडाउन र त्यसपछिको दोश्रो लकडाउनका बीच पनि कोभिड–१९ को बढ्दो प्रकोप फैलिएको गएको आरोप लगाउँदै किासनहरुले देश र जनतालाई सन्त्रस्त पारेको जनाएको छ ।
खाशगरी श्रमिक, किसान, स्वयं चिकित्साकर्मी, सुरक्षाकर्मी, र यसमा खटिएका कर्मचारीहरु समेत यो कोरोनाको चपेटामा परेका छन् । किसान लगायत आम जनतालाई यसको प्रकोपबाट जोगाउन र कोरोना र लकडाउनका कारणले आर्थिक गतिबिधि ठप्प भएर जनतामाथि पर्न लागेको अनिकालको स्थितिबाट उनीहरुलाई बचाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरोस् भन्ने पुनः जोडदार माग गरेको छ ।
बैठकले निम्न निर्णय गरेको र निष्कर्श सार्बजनिक गर्दछौ ः
हामी चार किसान संगठनले हालै आयोजना गरेको ‘कोभिड –१९ को कृषिमा परेको असर र राज्यको दायित्व’ बिषयक भच्यूअल अन्तरक्रिया कार्यक्रममा आमन्त्रित बिभिन्न बिषय बिशेषज्ञ बिद्वानहरु बैज्ञानिक ब्यक्तित्वहरु, कृषि र किसानका बिभिन्न समस्यासँग जुधिरहेका बिभिन्न किसान संगठनका नेताहरु स्वदेश र प्रबासबाट समेत उपस्थित भएर बहुमूल्य सुझाव दिनुहुने विशिष्ठ महानुभावहरु सबैमा आयोजकको तर्फबा हार्दिक धन्यबाद दिन चाहान्छौँ र देशका किसान र कृषिका आधारभूत र गम्भीर समस्याहरुको सही समाधान गर्न आगामी दिनमा पनि अझ सशक्त सुझाव, साथ र सहयोग प्राप्त भइरने बिश्वास ब्यक्त गर्न चाहन्छौं ।
कोरोना महामारीबाट देश र जनतालाई जोगाउन सरकारले युद्ध स्तरमा परिचालित भएर यसको रोकथाम र नियन्त्रण गर्न सबै उपाहरुको अबलम्बन गर्नु पर्नेमा सरकारी उदासीनता, लापरबाही र उपेक्षापूर्ण गतिबिधिले गर्दा करीब चार महिनाको पहिलो लकडाउन र त्यसपछिको दोश्रो लकडाउनका बीच पनि कोभिड–१९ को बढ्दो प्रकोपले देश र जनतालाई सन्त्रस्त पारेको छ ।खाशगरी श्रमिक, किसान, स्वयं चिकित्साकर्मी, सुरक्षाकर्मी, र यसमा खटिएका कर्मचारीहरु समेत यो कोरोनाको चपेटामा परेका छन् । हामी किसान लगायत आम जनतालाई यसको प्रकोपबाट जोगाउन र कोरोना र लकडाउनका कारणले आर्थिक गतिबिधि ठप्प भएर जनतामाथि पर्न लागेको अनिकालको स्थितिबाट उनीहरुलाई बचाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरोस् भन्ने पुनः जोडदार माग गर्दछौं ।
मागहरु :
हामी अमेरिकाको एउटा कम्पनीसँग नेपाल सरकारले गरेको अपमानजनक राष्टघाती एमसीसी सम्झौता खारेज गर्न बिभिन्न राजनीतिक दल र संघ/ संगठनहरुले चलाइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदछौ र यो आन्दोलनलाई सशक्त तुलयउन जोडदार अनुरोध पनि गर्दछौ ।
नेपालको अतिक्रमित भूमि भारतबाट फिर्ता ल्याउन, भारतीय सैन्य अखडा कालापानी क्षेत्रबाट हटाउन, अतिक्रमित सबै क्षेत्रको भूमिबाट अतिक्रमणलाई सदासदाका लागि अन्त्य गर्न तथा भारतसँगको सीमात ब्यबस्थित र सुरक्षित तुल्याउन देशमा चलिहरको आन्दोलनप्रति हामी ऐक्यबद्धता जनाउँदछौ र संघर्षशील रहिरहन्छौ भन्ने कुरा पनि हामी प्रष्ट पार्दछौ ।
हालै आएको बाढी पहिरोमा परेर नेपाली किसानहरुको ठूलो जन धनको क्षति पुग्न गएको छ । यसप्रति गम्भीर चिन्ता ब्यक्त गर्दै पीडित परिबारलाई पर्याप्त राहत प्रदान गर्न र किसानहरुलाई जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गरी सुरक्षित बसोबासको ब्यबस्था मिलाउन र किसनारुलाई बर्षेनी आउने बाढी पहिरोबाट जोगाउन ठोस कार्ययोजना ल्याइयोस् भन्ने माग गर्दछौ ।
हामी सर्बत्र भइरहेको भ्रष्टाचारको जोडदार बिरोध गर्दछौं र कृषि मल तथा अनुदानमा भइरहेको ठूलो भ्रष्टाचारको छानबिन गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न किसानलाई सुलभ तरीकाले समयमै गुणस्तरीय मलखाद उपलब्ध गराउन र उत्पादन बढाउन जोडदार माग गर्दै समयमा मलखान उपलब्ध नगराउँदा उत्पादनमा हुन जाने क्षतिको किसानलाई पूर्ति गर्न हामी हामी जोडदार माग गर्दछौ ।
बिदेशमा अलपत्र किसानका छोराछोरीलाई बिनाशर्त र बिनाभेदभाव सुरक्षित स्वदेश फिर्ता ल्याउन तथा क्वारेण्टाइनमा राखेर निसंक्रमित भएपछि घर पठाउन पनि हामी पुनः जोडदार माग गर्दछौं ।
अन्त्यमा, यो पछिल्लो भर्चुअल अन्तरक्रिया भन्दा पहिले पनि हामी ४ किसान संगठनका अतिरिक्त अन्य कृषि विज्ञ तथा सरोकारवालाहरु समेत सामेल भएर किसान समस्याको समाधानका लागि सरकार जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको कुरा सर्बबिदितै छ । तर सरकारले किसानका जल्दाबल्दा समस्याप्रति कुनै ध्यान दिएन ।
अहिले विदेसमामा रहेका नेपालीहरुको पनि सहभागिता र किसानका व्यावसायिक तथा अन्य संघ संगठन समेतको सहभागिताले किसानको मुद्दा सर्वसम्मत हुन पुगेको र यसले किसानका माग केन्द्रित रहेर साझा आन्दोलन उठाउन सकिने उपयुक्त वातावरण बन्दै गएको र एक भएर साझा माग तयार गरी आन्दोलनमा उत्रने निष्कर्ष यो अन्तरक्रियाले निकालेको छ । अन्य वाहिर रहेका किसान संघ संगठनहरुको समेत राय सल्लाह, सहमति र सहभागी गराउन हामी आवश्यक पहल र तयारी गर्नेछौ । तत्काल कोभिड –१९ र वाढी पहिरो लगायत प्राकृतिक विपत्ति तथा किसानको खेतबारीमा तात्काल परेको समस्या समाधान कालागि सरकारलाई दवाब दिन लगडाउन खुकुलो भएपछि विरोध पत्र दिने तयारी गर्दै रहेको जानकारी पनि गराउँन चान्छौ ।
चार किसान संगठनको संयुक्त बक्तब्य
हामी चार किसान संगठनहरु – अखिल नेपाल किसान महासंघ (अप्पो), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको संयुक्त भच्र्यूअल बैठक सम्पन्न भयो । बैठकले निम्न निर्णय गरेको र निष्कर्श सार्बजनिक गर्दछ।
हामी चार किसान संगठनले हालै आयोजना गरेको ‘कोभिड –१९ को कृषिमा परेको असर र राज्यको दायित्व’ बिषयक भच्यूअल अन्तरक्रिया कार्यक्रममा आमन्त्रित बिभिन्न बिषय बिशेषज्ञ बिद्वानहरु बैज्ञानिक ब्यक्तित्वहरु, कृषि र किसानका बिभिन्न समस्यासँग जुधिरहेका बिभिन्न किसान संगठनका नेताहरु स्वदेश र प्रबासबाट समेत उपस्थित भएर बहुमूल्य सुझाव दिनुहुने विशिष्ठ महानुभावहरु सबैमा आयोजकको तर्फबा हार्दिक धन्यबाद दिन चाहान्छौँ र देशका किसान र कृषिका आधारभूत र गम्भीर समस्याहरुको सही समाधान गर्न आगामी दिनमा पनि अझ सशक्त सुझाव, साथ र सहयोग प्राप्त भइरने बिश्वास ब्यक्त गर्न चाहन्छौं ।
कोरोना महामारीबाट देश र जनतालाई जोगाउन सरकारले युद्ध स्तरमा परिचालित भएर यसको रोकथाम र नियन्त्रण गर्न सबै उपाहरुको अबलम्बन गर्नु पर्नेमा सरकारी उदासीनता, लापरबाही र उपेक्षापूर्ण गतिबिधिले गर्दा करीब चार महिनाको पहिलो लकडाउन र त्यसपछिको दोश्रो लकडाउनका बीच पनि कोभिड–१९ को बढ्दो प्रकोपले देश र जनतालाई सन्त्रस्त पारेको छ ।खाशगरी श्रमिक, किसान, स्वयं चिकित्साकर्मी, सुरक्षाकर्मी, र यसमा खटिएका कर्मचारीहरु समेत यो कोरोनाको चपेटामा परेका छन् । हामी किसान लगायत आम जनतालाई यसको प्रकोपबाट जोगाउन र कोरोना र लकडाउनका कारणले आर्थिक गतिबिधि ठप्प भएर जनतामाथि पर्न लागेको अनिकालको स्थितिबाट उनीहरुलाई बचाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरोस् भन्ने पुनः जोडदार माग गर्दछौं ।
हामी अमेरिकाको एउटा कम्पनीसँग नेपाल सरकारले गरेको अपमानजनक राष्टघाती एमसीसी सम्झौता खारेज गर्न बिभिन्न राजनीतिक दल र संघ संगठनहरुले चलाइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदछौ र यो आन्दोलनलाई सशक्त तुलयउन जोडदार अनुरोध पनि गर्दछौ ।
नेपालको अतिक्रमित भूमि भारतबाट फिर्ता ल्याउन, भारतीय सैन्य अखडा कालापानी क्षेत्रबाट हटाउन, अतिक्रमित सबै क्षेत्रको भूमिबाट अतिक्रमणलाई सदासदाका लागि अन्त्य गर्न तथा भारतसँगको सीमात ब्यबस्थित र सुरक्षित तुल्याउन देशमा चलिहरको आन्दोलनप्रति हामी ऐक्यबद्धता जनाउँदछौ र संघर्षशील रहिरहन्छौ भन्ने कुरा पनि हामी प्रष्ट पार्दछौ ।
हालै आएको बाढी पहिरोमा परेर नेपाली किसानहरुको ठूलो जन धनको क्षति पुग्न गएको छ । यसप्रति गम्भीर चिन्ता ब्यक्त गर्दै पीडित परिबारलाई पर्याप्त राहत प्रदान गर्न र किसानहरुलाई जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गरी सुरक्षित बसोबासको ब्यबस्था मिलाउन र किसनारुलाई बर्षेनी आउने बाढी पहिरोबाट जोगाउन ठोस कार्ययोजना ल्याइयोस् भन्ने माग गर्दछौ ।
हामी सर्बत्र भइरहेको भ्रष्टाचारको जोडदार बिरोध गर्दछौं र कृषि मल तथा अनुदानमा भइरहेको ठूलो भ्रष्टाचारको छानबिन गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न किसानलाई सुलभ तरीकाले समयमै गुणस्तरीय मलखाद उपलब्ध गराउन र उत्पादन बढाउन जोडदार माग गर्दै समयमा मलखान उपलब्ध नगराउँदा उत्पादनमा हुन जाने क्षतिको किसानलाई पूर्ति गर्न हामी हामी जोडदार माग गर्दछौ ।
बिदेशमा अलपत्र किसानका छोराछोरीलाई बिनाशर्त र बिनाभेदभाव सुरक्षित स्वदेश फिर्ता ल्याउन तथा क्वारेण्टाइनमा राखेर निसंक्रमित भएपछि घर पठाउन पनि हामी पुनः जोडदार माग गर्दछौं ।
अन्त्यमा, यो पछिल्लो भर्चुअल अन्तरक्रिया भन्दा पहिले पनि हामी ४ किसान संगठनका अतिरिक्त अन्य कृषि विज्ञ तथा सरोकारवालाहरु समेत सामेल भएर किसान समस्याको समाधानका लागि सरकार जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको कुरा सर्बबिदितै छ । तर सरकारले किसानका जल्दाबल्दा समस्याप्रति कुनै ध्यान दिएन ।
अहिले विदेसमामा रहेका नेपालीहरुको पनि सहभागिता र किसानका व्यावसायिक तथा अन्य संघ संगठन समेतको सहभागिताले किसानको मुद्दा सर्वसम्मत हुन पुगेको र यसले किसानका माग केन्द्रित रहेर साझा आन्दोलन उठाउन सकिने उपयुक्त वातावरण बन्दै गएको र एक भएर साझा माग तयार गरी आन्दोलनमा उत्रने निष्कर्ष यो अन्तरक्रियाले निकालेको छ । अन्य वाहिर रहेका किसान संघ संगठनहरुको समेत राय सल्लाह, सहमति र सहभागी गराउन हामी आवश्यक पहल र तयारी गर्नेछौ । तत्काल कोभिड –१९ र वाढी पहिरो लगायत प्राकृतिक विपत्ति तथा किसानको खेतबारीमा तात्काल परेको समस्या समाधान कालागि सरकारलाई दवाब दिन लगडाउन खुकुलो भएपछि विरोध पत्र दिने तयारी गर्दै रहेको जानकारी पनि गराउँन चान्छौ ।
भैरबराज रेग्म सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्षा
अखिल नेपाल किसान महासंघ(अप्पो) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष ईञ्चार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ
२०७७ भाद्र १४ गते

प्रतिक्रिया दिनुहोस्