सैनिक जवानले गरे गोली हानेर आत्महत्या, यस्तो छ कारण
काठमाडौं, भदौ १४ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डामा गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् ।
तनहुँको रानीपोखरी घर भएका सिपाहीको नाम भने खुलाइएको छैन । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आइतबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन् ।
उनले किन आत्महत्या गरे खुलेको छैन । घटनाबारे नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको पौडेलले बताए ।











प्रतिक्रिया दिनुहोस्