अब कामना सेवा बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा विशेष छूट

काठमाडौं , भदौ १४ । कामना सेवा विकास बैंकका ग्राहकले कोभिड–१९ सम्बन्धी पीसीआर परीक्षणमा विशेष छूट पाउने भएका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)ले उत्पन्न गरेको परिस्थितिलाई दृष्टिगत गर्दै बैंकले सो छूटको व्यवस्था गरेको बताएको छ ।

बैंकले सुरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरी ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराएको हो । बैंक र हेल्थ केयरबीच भएको सहमति अनुरूप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले सुरिया हेल्थ केयरमा कोरोना संक्रमणसम्बन्धी गरिने पीसीआर परीक्षण गर्दा १५ प्रतिशत छूट प्राप्त गर्ने छन् ।

यस सहमतिअनुसार बैंकका ग्राहकले आर्थिक सहुलियतसहित सहज रूपमा कोरोना परीक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्