सुदूरपश्चिमका मुख्मन्त्री भट्टका भान्सेलाई कोरोना पुष्टि
काठमाडौं, भदौ १३ । सुदूरपश्चिम प्रदेशका मुख्मन्त्री त्रिलोचन भट्टका भान्सेलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार गरिएको स्वाब परीक्षणमा मुख्यमन्त्रीको खाना पकाउने २८ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।
यसअघि मुख्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण भेटिएको थियो ।
चालकमा कोरोना संक्रमण भएपछि मुख्यमन्त्री भट्टसहित ८३ जनामा गरिएको कन्ट्याक्ट ट्रेसिङमा भान्से महिलाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।















प्रतिक्रिया दिनुहोस्