विराटनगरमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर विष्फोट, अवस्था यस्तो छ

काठमाडौं, भदौ १३ । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो ।

ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका तीन जना बेहोस भएको स्थानीय कीर्तिराज कार्कीले बताए ।घटनापछि ट्यांकर मर्मतमा खटिएका मजुदर र वरपरका बासिन्दा त्रसित बनेको प्रहरीले जनाएको छ। ट्याङ्करमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुन पाएन ।

कार्कीका अनुसार ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।

उक्त ट्यांकर इन्धन ढुवानीकर्ता गुरुदेव सिंहको रहेको नेपाल आयल निगम विराटनगरका प्रवक्ता दिवश विष्टले जानकारी दिए। उनले विष्फोटपछि घटनाका बारेमा ढुवानीकर्ताले आधिकारिक रुपमा निगमलाई जानकारी नदिएको बताए।

उनका अनुसार बिहीबार पेट्रोल लोड गरेर ट्यांकरलाई सप्तरी पठाइएको थियो।-फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्