सरकारले यी तीन वटा अस्पताललाई बनायो कोभिड अस्पताल

काठमाडौं, भदौ १२ । सरकारले वीरगन्जस्थित नेसनल मेडिकल कलेज र काठमाडौंका थप दुई अस्पताललाई कोभिड अस्पताल तोकेको छ।

स्वास्थ्य मन्त्रालयका प्रकव्ता डाक्टर जागेश्वर गौतमले वीरगन्जमा नेसनल मेडिकल र काठमाडौंका कान्तिरपुर र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको जानकारी दिए।

योसँगै अब यी तीन वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गरिने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुको कान्तिपुर र जनमैत्री साथै वीरगञ्जको नेशनल मेडिकल कलेजको शीक्षण अस्पताललाई कोभिड अस्पतामा रुपान्तरण गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले कोभिड अस्पतालको संख्या बढाइएको जानकारी दिए ।पछिल्लो समय वीरगन्ज र उपत्यकामै संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले थप अस्पतालहरूको व्यवस्थापन गर्ने काम गरिरहेको छ।

अहिलेसम्म उपत्यकामा कोभिड विशेष अस्पतालका रूपमा टेकु, पाटन, र एपिएफ अस्पताल छन्।

मन्त्रालयले शुक्रबार मात्रै यी तीन वटा अस्पताललाई पनि लिएर कोभिड अस्पताल तोकेको हो।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा देखिएको छ। शुक्रबार आजसम्मकै सर्वाधिक ४१५ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्