उपत्यकामा थपिए ४१५ जना कोरोना सङ्क्रमित, काठमाण्डौमा मात्रै ३५० जना
काठमाडौं, भदौ १२ । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । गएको बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो । यसैबीच गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा तीन सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा देखिएको छ। शुक्रबार आजसम्मकै सर्वाधिक ४१५ जनामा कोरोना संक्रमण देखिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा उपत्यकासहित देशैभर नौ सय २७ कोरोनाका सङ्क्रमित थपिएका छन् ।











प्रतिक्रिया दिनुहोस्