घरेलु मैदानमै रियल स्तब्ध

(एजेन्सी) । रियल म्याड्रिडले ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिँदै घरेलु मैदानमा रियल बेटिससँग १–० को हार बेहोरेको छ । ७३ खेलमा पहिलो पटक गोल गर्नबाट चुकेको म्याड्रिड अंक तालिकामा सातौं स्थानमा झरेको छ ।

रियलका लागि ५ खेलको प्रतिबन्ध पछि फर्केका क्रिस्टियानो रोनाल्डोलेको पुनरागमन सुखद हुन सकेन । रियलका पूर्व गोलकिपर एन्टोनियो एडानले बेटिसको जितमा उत्कृष्ट प्रदर्शन गरे । इस्को, टोनी क्रुस र ग्यारेथ बेललाई गोल गर्नबाट रोक्दै एडानले पूर्व क्लबलाई १७ महिना पछि पहिलो पटक गोलरहित रोक्न बाध्य बनाए ।

खेलको अधिकांश समय रियलको आक्रमणलाई रोकेको बेटिसले इन्जुरी समयको चौथो मिनेटमा काउन्टर एट्याक मार्फत घरेलु टोलीलाई स्तब्ध बनायो । सानाब्रियाले हेड मार्फत गोल गर्दै बेटिसलाई जित दिलाए ।
रियलले पछिल्ला चार मध्ये २ खेलमा जित र २ मा बराबरी गरेको थियो । रियलको ५ खेलमा ८ अंक छ भने बेटिसले ५ खेलमा ३ जित दर्ता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्