जापानका प्रधानमन्त्रीद्वारा राजीनाको घोषणा, कारण यस्तो छ

काठमाडौं , भदौ १२ । जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री आवेले राजीनामा दिन लागेको जापानीज सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री आवेले पत्ररका सम्मेलन गरेर आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी गराउने तयारी गरेको बताइएको छ ।स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उपचारका लागि अस्पताल भर्ना भएको समारचारमा जनाइएको छ ।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकाले त्यसको असर सरकार सञ्चालनमा नपरोस् भनेर राजीनामा दिन लागेको उनले बताएका छन् ।यसअघि अस्पताल भर्ना भएलगत्तै आवेको स्वास्थ्य अवस्थाका बारेमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन् ।उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए ।

तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उहाँले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिनुभएको थियो ।सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बन्नुभयो ।

६५ वर्षका प्रधानमन्त्री आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्