खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा, ७४८ डोज ‘रेम्डिसिभिर’ नेपाल भित्रियो
काठमाडौं , भदौ १२ । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् ।
यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लूूएचओ०को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ ।
खोपको परीक्षण गर्न दिन हुने÷नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । उहाँका अनुसार परिषद्ले यसको विश्लेषण गरिरहेको छ ।
मन्त्रालयका अनुसार तीन कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले बताए । चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको उनले बताए ।
डब्लूूएचओको सूचीमा नरहेको र बाहिर कुनै जर्नलमा समेत प्रकाशित नगरिएको रसियाले उत्पादन गरेको ‘स्पुतनिक भी’ नामको खोप नेपालमा परीक्षण गर्ने सवालमा थप अध्ययन भइरहेको ज्ञवालीले बताए । उनले भने, “त्यहाँको दूतावासमार्फत रुस सरकारसँग खोपको विस्तृत विवरणसहितको सबै कागजपत्र मागेका छौँ, त्यो नपाएसम्म परीक्षणका लागि अनुमति दिन सकिन्न ।”
त्यो विवरण आएपछि मात्र नेपालमा परीक्षण गर्ने नगर्ने भन्ने बारेमा परिषद् र सरकारले निर्णय गर्नेछ । उनका अनुसार भारतले पनि खोप निर्माण गरिरहेकाले उसले पनि अन्तिम परीक्षणका लागि नेपाललाई दिने कुरा गरेको छ । विश्व स्तरमा निर्माण भएका कुन कुन खोपको अन्तिम परीक्षण नेपालमा गर्न दिन योग्य छ भन्ने सवालमा शुक्रबार परिषद्ले विज्ञसहित बृहत् छलफल गर्दैछ ।
जनस्वास्थ्यलाई असर पर्ने गरी कुनै पनि खोपको परीक्षण नेपालमा नहुने दाबी उनले गरे । उनका अनुसार चीनले सीधै नेपाल सरकारलाई परीक्षणका लागि प्रस्ताव गरेको हो । उसले पाँच सय जनामा खोपको परीक्षण गर्न दिन मागसहितको प्रस्ताव पठाएको छ । चीनले निर्माण गरेको खोप फिलिपिन्स, इन्डोनेसिया, ब्राजिल र पाकिस्तानमा समेत अन्तिम परीक्षण अगाडि बढाएको छ ।
अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोपको परीक्षणमा सहभागी हुन चाहने देशको लाम पनि निकै लामो छ । यसरी अन्तिम परीक्षणमा सहभागी हुने मुलुकले भविष्यमा खोप तयार भएर आएपछि विभिन्न खालका सुविधा र सहुलियत पाउने अवस्था रहन्छ । सोही अनुसार नेपालले पनि विश्वसनीय खोपको अन्तिम परीक्षणमा सहभागी हुनेछ ।
छ खोप अन्तिम चरणमा
डब्लूूएचओका अनुसार परीक्षणको अन्तिम तथा तेस्रो चरणमा यतिबेला छवटा खोप पुगेको छ । सबै खोपको अन्तिम परीक्षणका लागि एक प्रकारले प्रतिस्पर्धा नै छ । पहिलो नम्बरमा अक्सफोर्ड युनिभर्सिटीको मातहत रहेर एस्ट्राजेनाका कम्पनीले निर्माण गरेको खोप छ । दोस्रोमा चीनको साइनोेभ्याक कम्पनीले उत्पादन गरेको खोप, तेस्रोमा चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकलको मातहत रहेर सिनोफार्मले उत्पादन गरेको खोप रहेको छ ।
त्यस्तै, चौथो नम्बरमा सिनो फार्मले बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट मातहत उत्पादन गरेको खोप, पाँचौँ नम्बरमा मोडेर्ना तथा निएडको संयुक्त उत्पादनको खोप र छैटौँ नम्बरमा बायोएनटेक तथा फोसन फर्मा र पिटजर कम्पनीले उत्पादन गरेको खोप तेस्रो तथा अन्तिम क्लिनिकल परीक्षणका क्रममा रहेको छ ।
यीसहित अग्रस्थानमा रहेका अन्य १६ वटा खोपले दोस्रो चरण पार गरिसकेका छन् । त्यस्तै आठवटा खोपले पहिलो चरण पार गरेको छ । योबाहेक अरू १३९ खोप प्रारम्भिक चरणको क्लिनिकल परीक्षणका क्रममा रहेको डब्लूूएचओले जनाएको छ । यसैबीच औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिएको तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल ल्याएका छन् ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार विश्वका धेरै देशहरूमा कोरोनाको गम्भीर अवस्थामा रहेका बिरामीहरूका लागि विश्व स्वास्थ्य सङ्गठनले समेत राम्रो रहेको भनेको रेम्डिसिभिरको नेपालमा आयातको लागि तीनवटा कम्पनीलाई अनुमति दिएको र ती कम्पनीले औषधि ल्याउन शुरु गरेको बताए ।
नेपालमा सो औषधि आयात गर्नको लागि अनुमति पाएका तीनवटा कम्पनीमध्ये हरेक कम्पनीलाई दुई(दुई हजार डोज औषधि ल्याउने अनुमति दिएसँगै ७४८ भाइल औषधि नेपाल आइपुगेको छ । अर्को कम्पनीले भने औषधि ल्याउने क्रममा रहेको जानकारी आफूहरूले पाएको प्रवक्ता केसीले बताए ।
यस्तै, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले अहिले केही बिरामीलाई परीक्षणका रुपमा दिन शुरु गरिएको र तत्कालका लागि एक सय जना जतिका लागि आवश्यक हुने अनुमानका आधारमा हामीलाई एक हजारदेखि १५ सय डोजसम्म आवश्यक हुन सक्ने बताए ।
त्यस्तै, बङ्गलादेशबाट पनि पाँच हजार डोज औषधि आउन लागेको भन्ने सम्बन्धमा औषधि व्यवस्था विभागलाई अनौपचारिक जानकारी भए पनि औपचारिक रुपमा कुनै जानकारी नआएको प्रवक्ता केसीले बताए ।
अहिले नेपालमा गम्भीर अस्थामा रहेका बिरामीको पनि चिकित्सकले अवस्था हेरेर मात्र यो औषधि चलाउन सिफारिस गर्ने हुँदा अहिलेको मागलाई धान्न सक्ने र अर्को कम्पनीले पनि छिट्टै औषधि ल्याउने हुँदा बिरामीका समस्या नहुने उनले बताए । बुधबारसम्म १७ जना बिरामी आइसीयूमा उपचार गराइरहेका छन् । आइसीयूमा भर्ना भएका सबैलाई यो औषधि दिनैपर्छ भन्ने पनि नरहेको चिकित्सकहरू बताउँछन् ।
बिरामीको अवस्था हेरेर नेपाल स्वास्थ्य अनुसन्धान परिषदले निर्माण गरेको मापदण्डको आधारमा बिरामीहरूका लागि फरक फरक डोजमा रेम्डिसिभिर प्रदान गरिने डा। केसीले बताए । बिरामीको अवस्था हेरेर सात डोजको र ११ डोजको रेम्डिसिभिर प्रदान गरिने उनले बताए ।
कोरोना सङ्क्रमित सबैलाई यो औषधिको डोज दिइँदैन र यसले कोरोनालाई निको नै पार्ने भनेर प्रमाणित भइनसकेकाले गम्भीर अवस्थामा मात्रै यो औषधिको प्रयोग गरिने उनले बताए । उनका अनुसार सुरुमा दुई डोज दिएर छ दिनसम्म एकरएक डोज दिएर सात डोज र अर्को भनेको सुरुमा दुई डोज दिएर नौ दिनसम्म एकरएक डोज लिएर ११ डोज दिएर उपचार हुने गरेको उनले बताए ।
यो बिरामी तथा आफन्तले माग गरेर भन्दा पनि उनीहरूको अवस्थाको आधारमा नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेको आधारमा डोज दिएर उपचार गरिने डा। केसीले बताए । नेपालका विभिन्न जिल्लाहरूबाट कोरोनाको उपचारमा सो औषधिको प्रयोग परीक्षणका रुपमा अनुमति दिएसँगै त्यसको कालोबजारी हुन थालेसँगै विभागले एकद्वार नीति लिँदै कालोबजारी कम गर्न तीन कम्पनीलाई अनुमति दिएको हो ।
अहिलेसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागि नसकेको अवस्थामा इबोलाको उपचारमा प्रयोग हुने सो औषधि गम्भीर अवस्थामा भ्यान्टिलेटरमा राखेर उपचार गराइरहेका सङ्क्रमितहरूका लागि निक्कै उपयोगी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै विश्व स्वास्थ्य सङ्गठनले समेत यसलाइ सिफारिस गरेपछि नेपालमा यसको प्रयोग सुरु भएको डा। केसीले बताए ।
तीन कम्पनीले नेपालमा औषधि ल्याएपछि कुन कुन अस्पातलले त्यसको प्रयोग गरे भन्ने बारेमा औषधि व्यवस्था विभागले तथ्याङ्कसमेत राख्ने डा। केसीले बताए । तीन कम्पनीले भारतबाट औषधि ल्याउन अनुमति पाएको र सोही आधारमा बिरामीको सङ्क्रमणको आधारमा औषधि ल्याउने कार्य हुने डा। केसीले बताए । उनले औषधिको मूल्य सात हजार ६०० कायम गरिएको बताए ।
विश्वभरि अस्पतालहरूमा रेम्डिसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको डा। केसीले बताए । उनले कोभिड–१९ का लागि यो उत्साहपूर्ण भएको तर रामवाण चाहिँ नहुने बताएका छन् । –गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्