मन्त्रिपरिषद् बैठकका २२ निर्णय यस्ता छन् (सुचीसहित)
काठमाडौं, भदौ ११ । सरकारले भदौ ९ गतेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गरेको छ ।सरकारका प्रवक्ता एवं अर्थमन्त्री, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारका निर्णय सार्बजनिक गरेका हुन् ।
बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको बताए ।
यस्तै बैठकले बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ भने इ–बिजनेश सम्ब्न्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।
यसैगरी सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्