ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

काठमाडौं, भदौ ११। ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा विस्तार भएको छ । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर विस्तार गरि सञ्चालनमा ल्याएको हो । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन कोलेनिका पर्वतका प्रमुख नवराज सापकोटाले गरेका छन् ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दैपर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं। ५स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा कार्यालय, २३४ एटिएम, ४२ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्