कर्णाली प्रदेश अस्पतालका ७ जना चिकित्सकमा कोरोना पुष्टि , ओपीडी बन्द

काठमाडौं , भदौ ११ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ७ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि आजदेखि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ।

अस्पतालका अनुसार दुई जना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एक जना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आजदेखि एक हप्ताका लागि ओपीडी सेवा बन्द गरिएको हो।

अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सवै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए।

खड्काका अनुसार एक हप्तापछि अस्पतालको अवस्था हेरेर अर्को निर्णय गरिने छ। हाल प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालमा २३ जना कोरोना संक्रमित उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्