नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल र नायव महा–प्रवन्धकमा बस्नेत नियुक्त

काठमाडौं, भदौ १० । नेपाल इन्स्योरेन्स कम्पनीले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत र नायव महा–प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा इश्वर पोखेरेल र नायव महा–प्रबन्धकमा निरज बस्नेतलाई नियुक्त गरेको हो ।

कम्पनीले उक्त पदपूर्तिका लागि साउन १२ र २२ गते जारी गरेको १५ दिने सूचनाको आधारमा दरखास्त पर्न आएका उम्मेदवारहरु मध्येबाट आवश्यक योग्यता तथा कार्य अनुभवका आधारमा पोखरेल र बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त पदका लागि भदौ ७ र ८ गते व्यवसायिक योजनाको प्रस्तुती तथा अन्तरर्वार्ता लिइएको थियो । उक्त प्रकृयामा उच्च अंक प्राप्त गरी पोखरेल र बस्नेतलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुवै पदमा नयाँ नियुक्तीको लागि खुला प्रतिस्प्रर्धा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्