भारतमा कोरोना : संक्रमितको संख्या ३२ लाख नाघ्यो, एकै दिन ६६ हजारमा संक्रमण

काठमाडौं , भदौ १० । भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ६६ हजार ८७३ जना संक्रमित भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३९ हजार ९६ पुगेको हो ।यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १०६६ जनाको मृत्यु भएपछि भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५९ हजार ६४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २४ लाख ६८ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ७६३ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्