एकसाता निषेधाज्ञा थप पछि काठमाडौं प्रशासनले जारी गर्‍यो यस्तो २० बुँदे आदेश

काठमाडौं, भदौ १० । कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला अधिकारीबीच बुधबार बिहान बसेको संयुक्त बैठकले निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप गरेको हो ।

यसअघि गत बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा आजै मध्यरातिदेखि सकिँदै थियो । तर संक्रमण अझै नघटेकाले तीनै जिल्लामा अरू एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।

यसै सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले २० बुँदे आदेश जारी गरेको छ । बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेलगत्तै एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाको पालना गर्न र गराउन आग्रह गरेका हुन्।

यस्तो छ जारी आदेश

प्रतिक्रिया दिनुहोस्