फैलिँदै प्रहरीमा संक्रमण, १२ सय ६० जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडौं, भदौ १० । प्रहरीमा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको हो ।

हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय ६० पुगेको छ । जसमध्ये ७ सय ४५ जना सक्रिय संक्रमित छन् ।५ सय १५जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १२६ र काठमाडौं उपत्यकाका १४२ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा १३८, वाग्मती प्रदेशमा ४६, गण्डकीमा ३०, प्रदेश ५ मा ९२ , कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित छन् ।पछिल्लो समय प्रहरीभित्र ह्वात्तै संक्रमणको दर बढेको छ।

देशमा कोरोना संक्रमितको सङख्या थपिँदै जाँदा ड्युटीमा खटिएका प्रहरीमा समेत संक्रमित देखिन थालेको हो । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा समेत कोरोना देखिसकेको छ।

प्रतिक्रिया दिनुहोस्