काठमाडौं उपत्यकामा एकैदिन थपिए २ सय ३२ संक्रमित, हालसम्मकै उच्च संक्रमण

काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाभित्र २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबार थपिएका संक्रमितहरू काठमाडौंका एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना छन्।

उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।ठमाडौंमा अहिलेसम्म भेटिएका करिब २६ सयमध्ये २२ सक्रिय संक्रमित छन्। जसमध्ये आधाभन्दा धेरै घरमै छन्। लक्षण देखिएका संक्रमित मात्रै अस्पतालमा रहेका छन्।

सोमबार मात्रै काठमाडौं उपत्यकामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकको थियो।काठमाडौंमा कोरोनाले विस्तारै डरलाग्दो रुप लिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्