तत्कालै आन्तरिक उडान सञ्चालन हुने अवस्था छैन: पर्यटनमन्त्री भट्टराई

काठमाडौं, भदौ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडान तत्कालै चल्ने अवस्था नभएको बताएका छन्। मन्त्री भट्टराईले आर्थिक वर्ष २०७६/०७७ को प्रगतिपुस्तिका सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन्।

उनले कोभिड १९का संक्रमितको अवस्था बढ्दै जाँदा आन्तरिक उडान अनिश्चित भएको बताए।‘कोभिडका संक्रमितको संख्या बढ्दै जाँदा तत्काल आन्तरिक उडान गर्ने सम्भावना छैन’, भट्टराईले भने, ‘पहाडी र हिमाली क्षेत्रमा उडान गर्न सकिन्छ कि भनेर छलफल गर्दै छौँ।’

उनले मन्त्रालय आन्तरिक उडान खोल्ने कुरामा सकारात्मक भए पनि कोभिडको जोखिमलाई ख्याल गर्दै अघि बढ्ने बताए। उनले चाडपर्वनजिकै आएको भन्दै आन्तरिक उडान खोल्ने अवस्था भने आएको बताए।यता वायुसेवा सञ्चालक संघले भदौ १६ गतेबाटै आन्तरिक उडान नखोले आन्दोलन गर्ने चेतावनी दिइसकेको छ।

हिमालय एयरलाइन्सको उडान तालिका सार्वजनिक

कोरोना भाइरसको महामारीका कारण विभिन्‍न मुलुकमा फसेका नेपालीहरुलाई फिर्ता ल्याउन पुनः चार्टर उडान सुरु हुने भएको छ ।

केही समयअगाडि स्थगित भएको पाँचौं चरणको उडान फेरि सुरु हुने भएको हो । कोरोनाको कारणले विदेशमा समस्यामा परेका नेपालीहरुलाई चार्टर उडान हिमालय एयरलायन्स र नेपाल एयरलाइन्सले गर्दै आएका छन् ।

मंगलबार हिमालय एयरले आफ्नो पाँचौं चरणको उडान तालिका सार्वजनिका गरेको हो । यस्तो उडानमा स्वदेश फर्कने नेपालीहरुले अनिवार्य क्‍वारेन्टिनमा बस्‍नुपर्ने छ ।

सबै यात्रुले पीसीआर परीक्षण गरी नेगेटिभ भएको प्रमाण फर्किने बोलामा आफूसँगै राख्नु पर्नेछ । सबै पीसीआर परीक्षण नेगेटिभ भएका यात्रुहरुलाई कम्तिमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लिखित प्रतिबद्धता जनाउनु पर्नेछ ।

पीसीआर परीक्षण उपलब्ध नभएका देशबाट फर्किने सबै यात्रुहरूसँग काठमाडौंमा होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने छ । यसरी स्वदेश फर्किएका यात्रुहरु कम्तिमा ७ दिन होटल क्वारेन्टिनमा अनिवार्य रूपमा बस्‍नुपर्छ । होटल बुकिङ नगरेका यात्रुहरुलाई विमानमा प्रवेश नै गर्न पाउने छैनन् ।

सबै यात्रीहरूले कोरोना संकट व्यवस्थापन केन्द्रको अनलाइन फारम भर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्