कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटना, सात जना घाइते
काठमाडौं, भदौ ९ । कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटनामा परेको छ ।दुर्घटनामा ७ जना प्रहरी घाइते भएका छन्।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट ड्युटीमा छाड्न जानेक्रममा बा २ ज ८०६४ नम्बरको गाडी दुर्घटना भएको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए।
घाइतेको अवस्था सामान्य रहेको राठौरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्