दोस्रो अभ्यास खेलमा युएई विरुद्ध ज्ञानेन्द्रको शतक

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग उपकप्तान ज्ञानेन्द्र मल्लले शानदार ब्याटिङ गर्दै शतक पुरा गरेका छन् ।

ज्ञानेन्द्रले ९७ बलमै आफ्नो शतक पुरा गरेका हुन् । उनले दिलिप नाथ सँगको साझेदारीमा पहिलो विकेटका लागि १ सय ४२ रनको साझेदारी बनाएका थिए । दिलिप ६४ रन जोड्दै पभेलियन फर्के । अहिले ३७ ओभरको समाप्तिमा नेपालको दुई विकेटको क्षतिमा २ सय २८ रन छ । ज्ञानेन्द्र र दिपेन्द्र ऐरी क्रिजमा छन् । दिपेन्द्र ३१ रनमा अवजित छन् ।

प्रतिक्रिया दिनुहोस्