कोरोना त्रासः उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा १५ भदौसम्म बन्द

काठमाडौं , भदौ ९ ।पत्यका नगरपालिका मेयर फोरमले पालिकाले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो । उपत्यकामा कोभिड(१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरिएको छ ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मङ्गलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिए । अहिलेसम्म उपत्यकाका पालिकाको तथ्याङ्कानुसार दुई हजार ७ ४६ संक्रमित भेटिएकाले करीब २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताए ।

बैठकले ढिलोमा भदौ १५ गतेसम्म अनुमानित सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने निर्णय गर्दै सङ्क्रमणबाट सकेसम्म बच्नका लागि सबै नागरिकलाई आग्रह गरेको छ । बैठकमा सहभागी स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए ।

‘काठमाडौँभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुन सक्ने अनुमान छ’, उनले भने, ‘हामीले त्यो घेरा तोड्न सकेनौँ भने अवस्था भयावह हुन सक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’

विभागका डा अमित पोखरेलले तत्काल कन्ट्याक्ट टे«सिङबाट परीक्षण गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताए ।काठमाण्डौ उपत्यकामा अहिले सङ्क्रमणको दर बढ्दै गएको छ । त्यसैले पनि फोरमले निषेधाज्ञालाई केही समय थप गर्न सुझाव दिँदै पीसीआर परीक्षणलाई बढाएर सङ्क्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाएको हो ।

बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ ।

बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताए । उनले यही अवस्थामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुने बताए । यसैबीच यता

प्रतिक्रिया दिनुहोस्