कोराना जाँचका लागि विराटनगर महानगरपालिको आफ्नै मेसिन

काठमाडौं, ८ भदौं । विराटनगरमा कोराना संक्रमण बढिरहंदा र संक्रमितले समयमैं चेकजाँच तथा उपचार नपाइ राखेको अवस्थालाई मध्यजनगर गर्दै विराटनगर महानगरपालिकाले कोरोना जाँचका लागि मेसिन खरिद गरेको छ ।
सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।

यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बताए ।

महानगरसँग प्रविधिक जनशक्ति नभएका कारण सञ्चालनको जिम्मा कोशीलाई दिएको र त्यसलाई सञ्चालनको लागि २५ लाख रुपैयाँ हस्तान्त्रण गरिएको मेयर पराजुलीले बताए । उनले भने, ‘अब पीसीआर रिपोर्ट आउन समय लाग्दैन ।’

यसका साथै मेयर पुराजुलीले आफुले लिदै आएको एक वर्षको सेवा सुविधा पनि मेसिन खरिदको लागि दिने जनाएको छ ।

महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा मेसिन खरिद गरेको छ । मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँको प्रतिवद्धता आएको मेयर पराजुलीले बताए । उनले आफ्नो एक वर्षको सुविधा पनि यही काममा खर्चने बताएका छन् ।

यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सात लाख, उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, प्रदीप मुरारकाले पाँच लाख, नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले एक लाख, नेपाली कांग्रेस विराटनगर कार्यबाहक सभापति अरुण न्यौपानेले एक लाख रुपैयाँ पीसीआर मेसिन खरिदका लागि दिएका छन् ।

उद्योग संगठन, व्यापार संघले सहयोग गर्ने प्रतिद्धता जनाएका छन् । ‘निजी क्षेत्रबाट मेसिन खरिद र सञ्चालनका लागि ६० लाख सहयोगको प्रतिवद्धता आएको छ’ मेयर पराुजलीले भने ‘मेसिन आइसक्यो, रिएजेन्ट पनि आउँदैछ ।’ यसरी निजीक्षेत्रबाट आएको सहयोगले कोरोना उपचारलाई थप सहजता हुने मेयरले बताए । हामी कोरोना संक्रमण विरुद्ध लड्ने सबैसंग हातेमालो गरेको अगाडी बेढ्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्