निषेधाज्ञाको ५ औं दिन सुनसान उपत्यका

काठमााडौं, ८ भदौ । चार महिने लकडाउन पछि खुलेको काठमाडौं उपत्यका फेरी कोरोना संक्रमणको उच्च जोखिम बुढेपछि यसलाई रोकथामको लागि उपत्यकामा भदौ चारदेखि सरकारले निषेधाज्ञाको जारी गर्याे । देशका प्रमुख शहररुमा पनि े निषेधाज्ञाको जारी छ ।
काठमाठौं उपत्यकामा निषेधाज्ञाको जारी गरेको आज पाँचौ दिन पुगेको छ ।
निषेधाज्ञाको जारी गरेपश्चात आज पनि उपत्यकाका मुख्य सडक सँगै सहायक र भित्रि सडक पनि सुनसान देखिएको छ । अत्यावश्यक सेवाका सवारी सधन बाहेकका साधनहरुको आवागमन देखिएको छैन । उपत्यकाको न्युरोड, भोटाहिटि, त्रिपुरेश्वर, नयाँबनेश्वर, पुतलीसडक, थापथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार, पाटन क्षेत्रमा सुनसान छ ।

सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावश्यक सेवाका सवारी साधनहरु चोकचोकमा बसेका सुरक्षार्कीले चेकजाँच गरि पठाएको दृष्य देखिन्छ ।

भित्री सडकमा पनि सवारी साधनको आवागमन देखिएको छैन भने केही अत्यावस्यक खाद्यान्नका पसल र औषधि पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनेमल गरेको देख्न सकिन्छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो । यसलाई सबैले पालना गरेको जल्लिा प्रशासन कार्यलय ले जनाएको छ ।
यसरी हामी आफैं संयमित भई सरकारले अपनाएको मापडण्ड र नियमहरु पालना गरेमा कोरानाको उच्च जोखिमबाट केहि दहसम्म भएपनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्