काठमाडौंमा कोरोना संक्रमणको जोखिमबाट बचाउन गरे नेता थापाले मेयर शाक्यसंग छलफल

काठमाडौं, ८ भदौ । नेपाली काँग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले महामारीको रुपमा फैलदै गएको कोरोना रोकथामका सम्बन्धमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि महानगरको कार्यालयमै पुगेर थापाले कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतको प्रभावकारी व्यवस्थापनमा स्थानीय सरकारको तर्फबाट भूमिका खेल्न थापाले ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का सांसद तथा पूर्व स्वास्थ्यमन्त्रीर समेत रहेका थापाले बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा महानगरका प्रमुख, स्वास्थ्य विभागका प्रतिनिधिलगायतसँग छलफल गरी ध्यानाकर्षण गराएका हुन् ।

यस अन्तगर्त विशेष गरि परीक्षणको दर र दायरा बढाउन र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन थापाको सुझाव छ । साथै तरकारी र खाद्यान्नलगायत पसलहरू दिनभर खुला गर्न, खरिदका लागि एक घर एक पासको व्यवस्था गर्न मिलाउन पनि उनको सुझाव छ ।

उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण रहेको थापाको भनाइ छ ।

थापाले भने, ुहामी सबै सहयोग गर्न तयार छौँ । सबै तह र निकायसँग समन्वय गर्नुहोस् । महानगरको संरचनालाई गतिशील बनाउनुहोस् । आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस् । नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो । यसका लागि सबैसंग सहकार्य गरेर अगाडि बेढ्दा विकराल अवस्थाबाट बच्न सकिन्छ संसद थापाले थपे ।

यस्तो छ, नेता थापाको ध्यानाकर्षण:

१० काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामी सँगै काम गर्न चाहन्छौँ । तपाईं सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२० महानगरभित्र कन्ट्याक्ट ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्नुस् ।

३० कन्ट्याक्ट ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउनुस् ।

४० अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो, तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्डबमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्नुस् ।

५० खाद्यान्न पसल दिनको १–२ घन्टा मात्र खोल्न दिँदा झन् भिडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ बजेसम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घरपिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ ।

६० कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरवासी अलमलमा परेका छन् । नगरवासीलाई अलमल नहोस् भन्नका लागि नागरिकलाई स्वास्थ्यलगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडाअनुसार निश्चित संयन्त्र बनाउन र सोको प्रभावकारी सम्प्रेषण गर्ने व्यवस्था होस् ।

७० उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ । हामी सबै सहयोग गर्न तयार छौँ । सबै तह र निकायसँग समन्वय गर्नुहोस् । महानगरको संरचनालाई गतिशील बनाउनुहोस् । आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस् । नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो ।

प्रतिक्रिया दिनुहोस्