ज्ञानेन्द्र मल्लको शतक

काठमाडौं । भारतको चेन्नइ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो अभ्यास खेलमा शतक प्रहार गरेका छन् । ज्ञानेन्द्र १ सय रन बनाएपछि रिटायर्ड हर्ट हुँदै बाहिरिएका छन् ।

मिलानपुर रिक्रियसन क्लबसँगको खेलमा नेपाली टोलीले टस जितेर पहिलो ब्याटिङ गरेको थियो । मल्लले ओपनरको रुपमा नेपालको इनिङ्ग्स सम्हालेका थिए । अर्का ओपनर सागर पुन २५ रन बनाउँदै आउट भएका थिए ।

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यो महिनाको अन्त्यतिर हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो । नेपाल र हङकङबीच असोज र २७ र २९ मा हङकङमा दुई खेल हुनेछ ।

भारत भ्रणमका चार अभ्यास खेल मध्ये पहिलो खेलमा नेपाली टोलीले डिन्डिगुल ड्रागन्सलाई १ सय ५३ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्