काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित, संक्रमितको संख्या ३ हजार २ सय नाघ्यो

काठमाडौं, भदौ ८ । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यसमध्ये महानगरपालिकामा मात्रै १६ सय ६ जना संक्रमित भएका छन् ।महानगरका ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ।

कोटेश्वरमा मात्रै १ सय २३ जना संक्रमित छन् । त्यसमध्ये ७ जना निको भएका छन् ।

पछिल्लो समय काठमाडौंसँगै ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका तीन जिल्लामा ३२ सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरमा ४११ जना र भक्तपुरमा २७२ जना संक्रमित छन् ।

पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।यस्तै ललितपुरमा ४ सय ११ जना तथा भक्तपुरमा २ सय ७२ जनामा संक्रमण देखिएको छ ।

नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ ।जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

संक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ । १ सय ४९ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्