सुदूरपश्चिमका मुख्यमन्त्री भट्टका सवारी चालकमा कोरोना पुष्टि, मुख्यमन्त्री आइसोलेसनमा

काठमाडौं, भदौ ७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो।

उनी मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन्।२३ वर्षीय उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिह ओलीले जानकारी दिए। यसैबीच सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आइसोलेसनमा बसेका छन्।

आफ्ना सवारी चालकमा कोरोना सङ्क्रमण देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ आइसोलेसनमा बसेका हुन्। यता मुख्यमन्त्रीका स्वकीय सचीव शिवसिंह ओलीका अनुसार मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्