निषेधाज्ञाको आज चौथो दिन : सुनसान काठमाडौं उपत्यका, पसलहरुमा भने भीड अत्याधिक
काठमाडौं , भदौ ७ । कोभिडको जोखिम कम गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ ।मानिसमा भौतिक दूरी कायम गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको आज चौथो दिन पुगेको छ । संक्रमणको जोखिम बढ्दै गएपतछ एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको चौथो दिन पनि सडक सुनसान देखिएका छन ।
अत्यावश्यक बाहेकका सवारी साधन सडकमा देखिएका छैनन । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्रि गल्लीहरुमा भने पसलहरु खुला रहेका छन ।
दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्री क्षेत्रमा खुला रहेका हुन । प्रशासनले विहान ७ बजेसम्म मात्रै पसल खोल्न भनेपनि त्यसको पालना हुन सकेको छैन । एकातिर दैनिक उपभोग्य वस्तुका पसलमा सर्र्वसाधारण दूरी कायम गर्नेमा उति सचेत भएको देखिएन ।
मानिसमा भौतिक दूरी कायम गर्नु नै निषेधाज्ञाको मुख्य उद्देश्य हो । तर दैनिक उपभोग्य वस्तुका कतिपय पसलमा सर्र्वसाधारणको भीड लाग्ने गरेको देखिन्छ ।दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय थोरै भएकाले पनि भीड लाग्ने गरेको कतिपय व्यवसायीको भनाइ छ ।
कतिपय स्थानमा ब्यवसायीहरु प्रहरीको आँखा छल्दै पसल खोल्ने दाउ पर्खेर बस्ने गरेको पनि पाइन्छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।यता प्रहरीले भने किनमेलको बहानामा मर्निङ्ग वाक समेत गर्ने गरेको पाएसंगै अनावश्यक रुपमा घर बाहिर हिडडुल गर्नेहरुलाइ कारबाही स्वरुप ३ घण्टा सम्म पनि होल्डमा राख्ने गरेको छ ।
प्रहरीको आँखा छल्नेतिर लाग्नुभन्दा निषेधाज्ञा हाम्रै स्वास्थका लागि हो भनेर आम सर्वसाधारण आफै सचेत हुनुपर्ने देखिन्छ । यसैबीच। आज ऋषि पञ्चमीको दिन भएकाले विहान बाग्मती, विष्णुमति, मनोहरा लगायतका नदीहरुमा स्नानका लागि जानेहरुको भिड देखिएपनि प्रहरीले बाटोमै रोकेको छ ।
टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तर पनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आरधाना गर्न नपाएपछि उपत्यकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्