काठमाडौं उपत्यकामा थपिए २१६ संक्रमित, कोरोनाबाट आज मात्रै ९ जनाको मृत्यु

काठमाडौं, भदौ ६ । काठमाडौं उपत्यकामा शनिवार २१६ जना कोरोना संक्रमित थपिएका छन् ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले थपिएको संख्या २१६ रहेको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना संक्रमित थपिएका छन् ।यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्