भारतमा कोरोना : संक्रमितको संख्या ३० लाख पुग्यो, एकैदिन थपिए ७० हजार संक्रमित

काठमाडौं, भदौ ६ । भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार कुल संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको छ । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएका केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिवार जानकारी दिएको छ ।

कुल संक्रमितमध्ये ६ लाख ९७ हजार ३३० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक २२ लाख २२ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । भारतमा संक्रमित भएकाहरुमध्ये ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

ती मध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा मृत्यु भएको छ । महाराष्ट्रमा मात्रै कोरोना संक्रमणका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको छ भने एक लाख ६४ हजार ८७९ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्