नेपालमा कोरोना सङ्क्रमण दर बढ्दो, एकै दिन सबैभन्दा बढी मृत्यु, आईसीयू र भेन्टिलेटरमा चाप

काठमाडौं, भदौ ६ । नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो ।

सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन । शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुुई सय सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा थप ८३८ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको बताए ।

यसैबीच कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ ।समाचार अनुसार कोरोना सङ्क्रमण बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार देशभर १४८ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले १५ जना सङ्क्रमित भेन्टिलेटरमा र १३३ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिँदै बाग्मती प्रदेशका मात्र ५२ जना आईसीयूमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्