कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका , शुक्रबार थपिए १८२ जना संक्रमित
काठमाडौं, भदौ ५ । पछिल्लो समय कोरोना संक्रमणको दर बढेको छ। काठमाडौं उपत्यका विस्तारै कोरोनाको हटस्पट बन्दै जान थालेको छ । २ हजार भन्दा धेरै संक्रमित भएको एक मात्रै जिल्ला काठमाडौंमा शुक्रबार १४२ जना नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबार भएको नियमित प्रेस ब्रिफिङमा यसबारेमा जानकारी दिएका हुन्। गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४२ जना संक्रमित थपिँदा ललितपुरमा २५ जना संक्रमित थपिएका छन्।
अर्कातिर भक्तपुरमा १५ जना नयाँ संक्रमित भेटिएका छन्। यसैबीच ठमाडौंसहित ६ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौं, पर्सा, रौतहट, मोरङ, सर्लाही र महोत्तरीमा ५०० बढी सक्रिय संक्रमित भएको जानकारी दिएका हुन्।
त्यसैगरी शुक्रबार चार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।हुम्ला, मुस्ताङ, म्याग्दी र भोजपुरमा हाल सक्रिय संक्रमित छैनन्।











प्रतिक्रिया दिनुहोस्