सहयोगी हातको पर्खाइमा फूँयाल
काठमाडौँ । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्युसँग संघर्ष गर्दै सहयोगी हातको पर्खाइमा हुनुहुन्छ विनोद फूँयाल ।
दोलखा, तामाकोसी गाउँपालिकास्थित ट्यामाका ३५ वर्षिय फूँयालका हाल दुवै मीर्गाैलाले काम गर्न छाडेपछि बाँच्नका लागि विभिन्न मनोकारी सामाजिक संघ संस्था, दाता तथा समाजसेवीबाट सहयोगको अपेक्षा गर्नुभएको छ ।
पहाडको अलिकति जग्गा र सामान्य बुकुरोमा आफ्नो पाँचजनाको पविार हासी खुसीसँग बसेको थियो । श्रीमति, दुई छोरा र एक छोरी रहेको उहाँको परिवार ग्रामीण भेगको सामाजिक विकास तथा सबैको कल्याणका लागि योगदान गर्न अगाडि सर्ने गर्दथ्यो । परिवारमा फूँयालको करीब एक वर्ष अगाडि मीर्गौला असफल भएपछि ठूलो बज्रपात परेको छ । फूँयाल आफ्नो जीवनका लागि भन्दा पनि परिवार र सामाजिक परिवेशकाबारे चिन्तित हुनुहुन्छ ।काठमाडौँ महानगरपालिका १४ वल्खुस्थित आफन्तको डेरामा आश्रय लिएर मीर्गौलाको थप उपचार तथा समय समयमा डायलोसिस गर्दै आउनुभएका उहाँले मासिक १५ हजारको औषधि प्रयोग गर्नुपर्ने बाध्यता छ । स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा डायलोसिस सेवा भने निःशुल्क प्राप्त गरेको भएपनि उहाँको अहिलेसम्म ४ लाख रुपैया खर्च भइसकेको छ । ऋण कसरी तिर्ने ? परिवारको भविष्य के होला ? यस्ता चिन्ताले त उहाँलाई सताएको छ, बन्दाबन्दीमा कसरी उपचार लिने होला भनेर पनि समस्या थपिएको छ ।
दीर्घकालीन रोगका बिरामीलाई उपचारमा सरकारले केही सुविधा दिएको भएपनि पहँुच नपुगेकाले उहाँलाई सहयोग प्राप्त हुन सकेको छैन् ।
जिल्लामा तत्कालीन नेकपा (एमाले) का नेता तथा समाजसेवी दीपक राउत क्षत्रीले करीब ४० हजार बराबरको सहयोग गर्नुभएको छ भने थप सहयोगका लागि विभिन्न दातासँग समन्वयको प्रयास गर्नुभएको छ । नेता क्षत्रीले जिल्लाका जनप्रतिनिधिबाट पनि सहयोग प्राप्त नभएको अहिलेको अवस्थामा फूँयालको जीवन रक्षाका लागि सहयोगी संस्थालाई आग्रह गर्नुभएको छ ।











प्रतिक्रिया दिनुहोस्