रौतहटमा पुजारीलाई गोली हानी हत्या

काठमाडौं, भदौ ४ ।रौतहटमा एक जना पुजारीलाई गोली हानी हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या गोली हानी हत्या गरिएको हो ।

बुधबार राति माधवनारायण नगरपालिका –२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।अहिलेसम्म हत्याको कारण पत्ता नलागेको बताउँदै डिएसपी महतोले बिहीबार बिहानै अपराध अनुसन्धानमा सघाउने कुकुर सहित विशेषज्ञ टोली बोलाइएको जनाएका छन् । रौतहटमा एक हप्ता अगाडि २२ वर्षीय एक युवकको घाँटी रेटेर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्