कृषि विकास बैक र इसेवा बीच सम्झौता

काठमाडौ , भदौ ३ । कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।सम्झौतामा कृषि विकास बैकका तर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका छन ।

अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकको कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ ।

सम्झौता पश्चात् कृषि विकास बैकका उपमहाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले बैंक र इसेवाबीच पहिले देखि नै विभिन्न माध्यमबाट सहकार्य भईरहेकोमा अब रेमिट्यान्स् कारोवार मार्फत पनि सहकार्य अगाडी बढ्न लागेकोमा खुसि लागेको बताएका छन् ।

विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडी बढाएकोमा इसेवा मनिट्रान्सफर र बैकको डिजिटल बैकिङ्ग विभागका टिमलाई उनले धन्यवाद दिए ।

साथै इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले पनि कृषि विकास बैंक जस्तो व्यापक संजाल भएको बैंक संग विष्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्