काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो
काठमाडौं, भदौ ३ । काठमाडौं उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८जना गरी जम्मा १५९जना संक्रमित थपिएका छन् ।यता नेपालमा बुधलबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ थियो ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७०० पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५८० थियो ।मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।











प्रतिक्रिया दिनुहोस्