कर्णालीमा पहिरो र चट्याङमा परी ४ जनाको मृत्यु, ५ घाइते

काठमाडौं, भदौ ३ । कर्णालीमा पहिरो र चट्याङमा परी चारजनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एकजनाको मृत्यु भएको हो ।

मंगलबार राति नै चट्याङ लागेर जाजरकोटमा एक बालकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा दैलेखको भगवतीमाई गाउँपालिका(५, कट्टीका ६६ वर्षीय बलबहादुर रावत र ठाँटीकाँध गाउँपालिका(४ गैरीगाउँका १२ वर्षीय जनक कठायतको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

पहिरोमा परी एकै परिवारका ४५ वर्षीय टिकाराम कठायत, ११ वर्षीय लोकेश कठायत, ४१ वर्षीया धनसरा कठायत र १५ वर्षीय शम्शेर कठायत र छिमेकी बमबहादुर नेपाली पनि घाइते भएका छन् ।

यस्तै सुर्खेतको सिम्ता गाउँपालिका(१, गान्ऽाका रंगे खत्रीको घर पहिरो बगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट छेडागाड नगरपालिका(१ का वीरबहादुर नेपालीको घरमा चट्याङ पर्दा एक बालकको मृत्यु भएको छ । वीरबहादुरका छोरा ३ वर्षीय सोमनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्