राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।
। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्री, सांसद, नेतालगायतपनि घिमिरे निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि घिमिरेकै घर पुगेका थिए ।

घिमिरेको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदैछ । राष्ट्रकवि घिमिरेको निधनले नेपाली साहित्य क्षेत्रको एक धरोहर गुमाउनु परेको छ ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो । आज पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्