गृहमन्त्रीको स्कर्टिङ गाडीले दियो स्कुटरलाई ठक्कर, दुई जना घाइते
काठमाडौं , भदौं २ । गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ ।
आज बिहान सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्री थापालाई स्कर्टिङमा दिन हिँडेको नेपाल प्रहरीको बा।१झ ५५९४ नम्बरको जिपले स्कुटर ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।
प्रहरीका अनुसार ठक्करबाट बा।९४प १०२५ स्कुटर सवार लीला थापा र सुजा थापा घाइते भएका छन् । उनीहरुको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्