पोखरा ५ दिनका लागि निषेधाज्ञा जारी
काठमाडौं, २ भदौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्किले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म ५ दिनको लागि रहने जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार जिल्ला प्रशासन कार्यलयमा सर्वपक्षीय बैठक बसी यस्तो निर्णय गरेको हो ।
महानगरमा रहेका राजनीतिक दलका नेतादेखि विज्ञले कोरोना नियन्त्रण गर्न ‘कफ्र्यु’ सम्म लगाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
बैठकमा सुझाव अनुसार नै महानगरका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना रोकथाम समितिले सोमबार महानगरमा निषेधाज्ञा जारी गर्न प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सिफारिस र्गयो। सिफारिसमा कोरोना रोकथाम गर्न सोमबारदेखि रातिदेखि नै निषेधाज्ञा जारी गर्न आग्रह गरिएको थियो।
सोमरबार साँझ गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा रहेको प्रदेश स्तरीय कोरोना रोकथाम केन्द्रको बैठकले लकडाउन गर्ने जिम्मा अवस्था हेरेर जिल्ला प्रशासनले गर्ने निर्णय र्गयो । महानगरको सिफारिस अनुसार मंगलबार बिहान बसेको बैठकले पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कास्किका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
उनले भने , ‘महानगरको सिफारिस अनुसार नै पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ‘यस अवधिमा अत्यावश्यकबाहेक अरू गतिविधि नगर्न आग्रह गरिएको छ।’
नजिकिँदै गरेको चाडपर्वका अवसरमा हुने जमघट र कार्यक्रमहरू गर्न नदिनसमेत रोक लगाउने भएको छ । नजिकिँदै गरेको कुशे औंशी अथौत बुबाको मुख हेर्ने दिन, ऋषि पञ्चमी, तीजलगायत चाडपर्व मनाउन मानिसकको आवत जावत रोक्न पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रशासन कासीकले जनाएको छ ।
पोखरा महानगरमा कोरोना संक्रमितको संख्या २१९ जना पुगेको छ भने अझै ९० जना क्वारेन्टिनमा छन्। यस्तै पोखरामा ४ जना संक्रमितको मृत्यु भइसकेका छन् ।











प्रतिक्रिया दिनुहोस्