१५ दिनका लागि वर्कसप बन्द
काठमाडौं, १ भदौ । अब तपाईको सवारी साधन मर्मत तथा सर्भिसिङ्ग गर्न नपाइने भएको छ । नेपाल अटोमेकानिक्स व्यवसायी संघले सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप १५ दिन बन्द गर्ने निर्णय गरेकाले यो भएको हो ।
संघले कोभिड(१९ को विश्वव्यापी रुपमा फैलिदै गइरहेको संक्रमण र हालका दिनमा उपत्यकामा पनि फैलिरहेको कारण अटो वर्कशपहरु पनि असुरक्षित भएकोले भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेका हो ।
सघंले १५ गतेसम्म आफ्नो वर्कसप संचालन नगर्ने र अत्यावस्यक सवारी साधनहरु मर्मत गर्नुपरेमा वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता अल्कोहोल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न संघले सरोकारवालाहरुलाई आग्रह गरेको छ ।











प्रतिक्रिया दिनुहोस्