कोरोना संक्रमणबाट थप तीन जनाको मृत्य, मुत्यु हुनेको संख्या एक समय ७ जना पुग्यो
काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण र यसका मृत्युदर बढिरहेको छ । कोभिड १० को जानकारी दिन सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा जागेश्वर गौतमले २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् ।
मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरूष, मोरङका ६० वर्षीय पुरूष र काठमाडौंकी ५८ वर्षीया महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ ।











प्रतिक्रिया दिनुहोस्