आज ५ सय ८१ जनामा कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १६८ जना थपिए

काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गरेकोमा ५८१ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा १५९ जना कोरोना संक्रमण निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्