एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार भने रोक्का

काठमाडौं , साउन ३२। एनआईसी एशिया लघुवित्त र स्वेदेशी लघुवित्तले मर्जर सम्झौता गरेको छन् । दुई संस्थाबीच साउन ३२ गते आइतबार बिहान मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई संस्थाबीच १ बराबर १ को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि अन्तिम स्वाप रेसियो भने डीडीएबाट तय गरिने स्रोतले जनाएको छ । धेरै पहिलेदेखि २ संस्थाबीच मर्जरको छलफल भए पनि अहिले आएर मर्जरमा जाने सम्झौता भएको हो ।

दुई संस्थाले यसअघि मर्जरका लागि छलफल गर्दा गरेको अन्तरिक डीडीएमा करिब १ बराबर १ नै स्वाप आएको स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशमा केन्द्रीय कार्यालय रहेको एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंकको सहायक कम्पनी हो भने सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको स्वेदशी लघुवित्तमा पनि एनआईसी एशिया बैंकको संस्थापक लगानीकर्ता विशाल ग्रुपका व्यक्तिहरूको संस्थात र व्यक्तिगत लगानी छ ।

क्रस होल्डिङ रहेको यी दुई लघुवित्त मर्जरपछि सबैभन्दा धेरै चुक्ता पुँजी भएको लघुवित्त बन्नेछन् । हालै मात्र आइपीओ जारी गरेको एनआईसी एशिया लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४८ करोड छ भने स्वदेशी लघुवित्तको चुक्ता पुँजी २७ करोड ६० लाख छ ।

मर्जरको सम्झौता गरेसँगै नेप्सेमा दुवै लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्