मेडिकल कलेजहरुलाई सरकारको निर्देशन- कोरोना संक्रमितको उपचार गर्नू

काठमाडौं , साउन ३१ । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड(१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो ।

यसैबीच आफू सम्पर्कमा आएको व्यक्तिलाई कोरोना संक्रमित भएको थाहा पाउने वित्तिकै कसैले पनि हतार गरेर पीसीआर परीक्षण गराउन जरूरी नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले कुनै संक्रमितको सम्पर्कमा आएको थाहा पाए पनि ५/७ दिन परीक्षण नगर्न सुझाए।

‘‘’कोभिड-१९ नतिजा सकारात्मक आएका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिले तुरून्त पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको पाइएको छ। पीसीआर पोजिटिभ आउन ५र७ दिन लाग्ने भएकाले तुरून्त परीक्षण गर्दा फल्स रिपोर्ट ९परीक्षण गर्दा नेगेटिभ आउने तर २र४ दिनमा पोजिटिभ देखिन सक्ने० आउन सक्छ,’’ प्रवक्ता गौतमले भने, ‘‘’त्यसैले कम्तीमा ५ दिन नपुगी परीक्षण नगर्नरनगराउन आग्रह गर्छौं।’’

प्रवक्ता गौतमले संक्रमितको सम्पर्कमा आएको र परीक्षण गराइनसकेको बीचको अवधिभर घरमै क्वारेन्टिनमा बस्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्